`

कुलमानले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

Nepal One HD २१ फागुन २०८१ १४:५८
प्रमुख खबर

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ माग गर्दै यस विषयमा रुलिङ गर्न सभामुखलाई आग्रह गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गरेका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराए ।

साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरणलगायत विषयमा सभामुखमार्फत रुलिङको माग गरेका थिए । रुलिङ नगरे संसद्को बैठक चल्न नसक्ने भनी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराएका थिए ।


प्रतिक्रिया