अहिलेको व्यवस्थाप्रति जनतालाई आशावादी बनाउन नसक्दा राजवादीको चलखेलः महासचिव गुरुङ

प्रमुख खबर

सिरहा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरुको दायित्व भएको उनले बताए ।
लहानमा शनिबार भएको पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गरे ।
‘नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्’, उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतालाई या व्यवस्थाप्रति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ ।’
महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियान’ बाट मधेसका जनतामा जागरण आएको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट