`

मुख्यमन्त्री सिंह र उत्तरप्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

Nepal One HD ८ चैत २०८१ १०:२५
प्रमुख खबर

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ ।

कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्मन्त्री सिंह र सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेटवार्ता भएको हो ।

भेटमा जानकीको पवित्र भूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।

त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेस प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोगलगायतका विषयमा भेट केन्द्रित भएको उनले बताए ।


प्रतिक्रिया