`

भारतका नेताहरुमा नेपालको व्यवस्था नै परिवर्तन गर्ने खालको आशय देखिनँः परराष्ट्रमन्त्री राणा

Nepal One HD ८ चैत २०८१ १७:१३
प्रमुख खबर

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।

भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारत नेपालमा पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताएकी हुन् ।

भारतीय नेताहरुसँगको भेटमा व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा नभएको आफूले पाएको बताइन् ।

उनले भनिन्, ‘उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।’

भारत रहँदा आफूले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् ।

राइसिना डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । त्यस्तै उनले कार्यक्रममा सहभागी हुन आएका विभिन्न देशका समकक्षीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

उनी मार्च १० मा भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पुगेर पूजाआजा समेत गरेकी थिइन् ।


प्रतिक्रिया