`

महायज्ञ विवाद प्रकरणः दीपक मरिकको परिवार विस्थापित

Nepal One HD ९ चैत २०८१ ११:४५
प्रमुख खबर

सिरहा । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् । असुरक्षा बढ्न थालेपछि दीपककी श्रीमती अनिता मरिक सिरहा नगरपालिका १९ सन्हैठामा आफन्तका बस्न गएकी छन् । दीपक आफै भने गाउँकै एक जनाको घरमा बसोबास गरेको स्थानीयले बताएका छन् ।

उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए । प्रहरीले सुरक्षाका कारण दीपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।

घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई पक्राउ गरेपछि औरहीमा प्रहरीले सुरक्षा व्यवस्था बढाएको छ ।

मरिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ । औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दीपक मरिकको गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर घर भत्काएको थियो।


प्रतिक्रिया