`

तिनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक युवकको मृत्यु

Nepal One HD १५ चैत २०८१ १८:३२
प्रमुख खबर

काठमाडौं । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका काठमाडौंको कीर्तिपुर नगरपालिका–४ का सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन् ।

गोली लागेपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालकाअनुसार महर्जनको घाँटीमा गोली लागेको थियो । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।


प्रतिक्रिया