`

तिनकुनेमा राजावादीले आगो लगाएको भवनमा जलेर पत्रकारको मृत्यु

Nepal One HD १५ चैत २०८१ १९:०७
प्रमुख खबर

काठमाडौं । काठमाडौंको तिनकुनेको भवनमा भएको आगलागीमा परी एक पत्रकारको मृत्यु भएको छ । आगलागीमा परी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए । भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो ।

तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ । अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ ।


प्रतिक्रिया