`

प्रमुख सचेतक परियारको गाडीमा आगजनी

Nepal One HD १५ चैत २०८१ २१:२१
राजनीति

काठमाडौँ, १५ चैत : पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलायका छन् ।

आज संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन् ।” उनीहरूले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।


प्रतिक्रिया