`

रविन्द्र मिश्र र धवलशम्सेर राणा पक्राउ

Nepal One HD १५ चैत २०८१ २३:०१
प्रमुख खबर

काठमाडौँ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

तीनकुनेमा शुक्रबार दिउँसो घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनीँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।


प्रतिक्रिया