`

शुक्रबारको घटनाबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएः महासचिव पोखरेल

Nepal One HD १६ चैत २०८१ १०:१३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत पोखरेलले पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको बताएका हुन् ।

उनले भनेका छन्, ‘एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । बरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो ।’
यस्तो छ पोखरेलको भनाई

हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागीता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमवाट अपिल गर्न र सन्देस दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । बरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस वारेमा थोरैभए पनि वुझ्ने मौका मिल्यो ।
आजको युग जनचेतनाले भएको लोकतन्त्रको युग हो । कसैको निहित स्वार्थ, प्रतिसोध वा दुरासयवाट आजको नेपाली समाज प्रभावित हुदैन भन्ने सन्देश पुनः दिनुपर्ने भएको छ ।

हिजोको घटनामा जीवन गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धान्जली । घाइते सबैको शिघ्रस्वास्थ लाभको कामना । सुरक्षा निकायको संयमताले राजावादीहरुको असलियत उदांगिएको छ । आन्दोलनका नाममा नियोजित रुपमा परिचालित अपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यका तर्फवाट यथोचित सम्वोधन आवश्यक छ । जनतालाई आतंकित बनाउने अपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्व कार्वाहीको दायरामा ल्याउनु आवश्यक छ ।


प्रतिक्रिया