`

यही नै समय हो सरकारले पूर्वराजाविरुद्ध कडा कदम चालोस्ः अध्यक्ष प्रचण्ड

Nepal One HD १६ चैत २०८१ ११:०५
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकस्तरको भएको बताएका छन् ।

शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा कडा कदम चाल्न सरकारलाई आग्रह गरे । उनले पूर्वराजा ज्ञानेन्द्रलाई त्यसै छाड्न नहुने बताए ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’

उनले शुक्रबारको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको देखिएको बताए । उनले भने,‘राजधानीको मुटुमा यस्तो विवेकहीन आपराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समीक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’


प्रतिक्रिया