`

त्रिभुवन विश्विद्यालयका उपकुलपति बरालले दिए पदबाट राजीनामा

Nepal One HD १६ चैत २०८१ २१:०२
प्रमुख खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

बराल गत वर्ष फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । बराल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालमा उपकुलपति नियुक्त भएका थिए ।


प्रतिक्रिया