`

निर्मल निवासको भयले थिच्दा निरीह भए पूर्वपञ्चहरुः महासचिव पोखरेल

Nepal One HD १७ चैत २०८१ ९:५३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्मल निवासको ‘थ्रेट’का सामु राप्रपा निरही देखिएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा राप्रपा निरीह देखिएको बताएका हुन् ।

पोखरेलले भनेका छन्, ‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ’जनकमाणडर’ तोकिएका दुर्गा प्रसाइंद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्ने असफल कोशिस गरिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ । राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ’थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’ । आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरुको नियती ।’


प्रतिक्रिया