काठमाडौंको कुनै मन्दिरमा बसेको छु, भागेको छैनः दुर्गा प्रसाईं(भिडियोसहित)

प्रमुख खबर

काठमाडौं । राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् । आइतबार भिडियो सन्देश जारी गरी शुक्रबार काठमाडौंको तिनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको आरोप लगाएका छन् । उनले निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ ।
उनले भने, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’ उनले आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट