`

हेर्नुहोस् सुनको असर्फी र चाँदीका मेडालियन किन्नेको भीड (तस्वीरहरू)

Nepal One HD २० कार्तिक २०८३ १२:५२
अर्थ समाचार

काठमाडौं । तिहार नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ ।

बिहीबारदेखि बिक्री थालिएपछि बबरमहलस्थित टक्सार महाशाखामा खरिद गर्ने सर्वसाधारणको भीड लागेको छ ।

राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सीमित परिमाणमा सुन र चाँदीका सिक्का बिक्रीमा राखेको हो । शुक्रबारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाइने व्यवस्था गरिएको छ ।

त्यस्तै, लक्ष्मी र गणेशको आकृति अंकित १० ग्रामका चाँदीका मेडालियन प्रतिव्यक्ति दुई थानसम्म किन्न सकिनेछ ।

तिहारमा धन र समृद्धिको प्रतीकका रूपमा सुनचाँदीका सिक्का प्रयोग गर्ने परम्पराका कारण टक्सारमा सर्वसाधारणको चहलपहल बढेको हो ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *