`

प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेकाले रेकर्डबाट हटाउन राप्रपाको माग

Nepal One HD १८ चैत २०८१ १२:२०
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते एयरपोर्टमा गरिएको स्वागतलाई कथित भनेका थिए । शाहीले प्रतिनिधिसभा नियमावलीको नियम २१ विरुद्ध होच्याउने, असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरेका हुन् ।


प्रतिक्रिया