`

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु

Nepal One HD २० चैत २०८१ ७:०४
समाज

मन्थली (रामेछाप)- यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाले सहयोग सङ्कलन अभियान सुरु गरको अध्यक्ष दीपक घिमिरेले बताउनुभयो ।

मङ्गलबारदेखि सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने र त्यसपछि सङ्कलित रकम रजकको परिवारलाई दिइने उहाँले बताउनुभयो ।


प्रतिक्रिया