`

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष

Nepal One HD ४ वैशाख २०८२ १७:२४
अर्थ समाचार

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

उपसमितिका संयोजक एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषीलाई काराबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको उनले बताए ।

अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामाग्री प्रयोग गरिएको लगायतका भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए । उपसमितिले विमानस्थललाई पूर्णरुपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ ।

https://drive.google.com/file/d/1O72yzNPyQ3lFbNj-jGbSVCi-Z6-2YcOe/preview

प्रतिक्रिया