`

सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण गरेको माओवादीको आरोप

Nepal One HD १२ वैशाख २०८२ १५:१२
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार विचौलियाले चलाएका आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार विचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भएको बताएका हुन् ।

उनले आफूहरुले सुरुदेखि नै सरकार विचौलियाले चलाएको बताएको र त्यो कुरा कांग्रेस महामन्त्रीले पुष्टि गरेको बताए । उनले भने, ‘हामीले त सुरुदेखि नै सरकार विचौलियाले चलाएको भन्दै आएका थियौं । तर सत्तारुढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो । ढिलै भए पनि सत्य बोल्नु भएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’

केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले सरकार ट्याक्टरको गतिमा हिँडेको र विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहेको बताएका थिए ।

उपमहासचिव पुनले १० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण र प्रतिपक्षी दलका नेतासँग प्रतिशोध साँध्नेबाहेक केही नगरेको बताए ।


प्रतिक्रिया