`

रेशम चौधरी पक्राउ

Nepal One HD १७ वैशाख २०८२ १३:१९
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् ।

एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका थिए । काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइएको जानकारी दिए ।

उनले सर्वोच्च अदालतको फैसाला कार्यान्वयन गर्न पक्राउ गरिएको बताए । टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी रिहा भएका थिए । आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।


प्रतिक्रिया