`

बजेटका विषयमा अर्थमन्त्री पौडेल र प्रचण्डबीच छलफल

Nepal One HD २३ वैशाख २०८२ ९:२६
अर्थ समाचार

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रचण्डलाई भेट्न अर्थमन्त्री पौडेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । अर्थमन्त्री पौडेलले प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्श गरेका हुन् ।

बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् ।

सोमबार अर्थमन्त्री पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग बजेटबारे परामर्श लिएका थिए । त्यसक्रममा देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।


प्रतिक्रिया