`

नेप्सेमा ८ अर्ब ७४ करोडको कारोबार

Nepal One HD २३ वैशाख २०८२ १६:२५
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ । नेप्से १ दशमलव ०३ अङ्कले बढेर २ हजार ६ सय ११ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ प्रतिशतले उकालो लागेको छ ।

आज नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३ सय १८ वटा कम्पनीका २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया