राजनीतिज्ञ एवं सिर्जनशील लेखक नेपालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

राजनीति

काठमाडौँ, २३ वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ वामपन्थी नेता एवं प्रसिद्ध प्रगतिवादी लेखक तथा साहित्यकार प्रदीप नेपालको असामयिक निधनको खबरले मर्माहत तुल्याएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिज्ञ नेपालको निधनबाट देशले एक इमान्दार राजनीतिज्ञ, सिर्जनशील लेखक तथा साहित्यकारलाई गुमाएको बताउनुभएको छ ।
उहाँले लेख्नु भएको छ, “नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका साथै नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान चीरकालसम्म हामी सम्झरहने छौँ, दिवङ्गत नेता तथा साहित्यकार नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदान प्रकट गर्दछु ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट