सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै कालीगण्डकी नदीको दोहन भएकाले रोक्न केसीको माग

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदी दोहन नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा नदी दोहन भइरहेकाले रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम हुँदा सरकार भने रमिते बनेको आरोप लगाए ।
उनले यसबारेमा यसअघि पनि आफूले आवाज उठाएपनि सुनुवाइ नभएको बताए ।उनले बालुवा गिट्टी उत्खनन नरोके कालीगण्डकी कोरिडोरको सडकसमेत भासिने स्थिति रहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट