जनमत पार्टीकी लुम्बिनी प्रदेशकी सांसदले दिइन् राजीनामा

प्रमुख खबर

बुटवल । जनमत पार्टीको सांसद गीता गुरुङले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी छिन् । पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् । उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट