`

टरिगाउँ विमानस्थलका लागि तीन अर्ब ४२ करोड बजेट विनियोजन गर्न सांसद गिरीको माग

Nepal One HD ३० वैशाख २०८२ १३:३८
प्रमुख खबर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल विस्तार गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गिरीले विमानस्थलालाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रूपमा मात्र प्रयोग नगर्न आग्रह गरेका हुन् ।

उनले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाए । उनले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका छौँ । फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् ।’

सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आए पनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तुष्टि जनाए ।


प्रतिक्रिया