रविन्द्रमिश्र र दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रमुख खबर

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले मिश्र र प्रसाईंसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध, संगठित अपराधसमेतको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट