`

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

Nepal One HD १६ असार २०८२ १४:३३
विश्व

अफगानिस्तान । जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् । तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ ।

जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरुमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उनले बताए ।

अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समयमा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको जनाइएको छ ।

गत हप्ताको धेरै दिनसम्म यो सङ्ख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ ।

हालको फिर्ता दरको दैनिक तथ्याङ्क लगभग छ देखि सात हजार रहेकोमासमयसीमा अघि नै सङ्ख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका सीमा अधिकारीले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *