बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट