`

ट्रम्पद्वारा अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको राजीनामा माग

Nepal One HD १९ असार २०८२ ११:४२
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजीनामा मागेका छन् ।

फेड नीतिप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै पावेलप्रति आक्रोश पोखेका हुन् । ‘ढिलो भइसक्यो’ — तत्काल राजीनामा देउ!’ ट्रम्पले लेखेका छन्।

उनले पावेलमाथि संघीय आवास नियामकले छानबिन गर्नुपर्ने भनी उठाइएको मागसम्बन्धी समाचारसमेत संलग्न गरेका छन्। ट्रम्पले सन् २०१७ मा पावेललाई फेड प्रमुखमा नियुक्त गरेका थिए।

तर त्यसयता उनले ब्याजदर नघटाएको भन्दै पावेलप्रति बारम्बार आलोचना गर्दै आएका छन्। यद्यपि, राष्ट्रपति भएपछिको अन्तिम वर्षमा उनले ‘पावेललाई हटाउने योजना नभएको’ बताएका थिए ।

ट्रम्पले फेडमाथि ब्याजदर घटाउन दबाब दिँदै आएका छन्, जसले अर्थतन्त्रमा पुनरुत्थान ल्याउने विश्वास उनले व्यक्त गर्दै आएका छन् । तर फेड अध्यक्ष पावेलले ट्रम्प प्रशासनको शुल्क नीतिले यस्तो निर्णयमा बाधा पुर्याएको बताएका छन् ।

पावेलको कार्यकाल सन् २०२६ को मेमा समाप्त हुनेछ। पावेलले भनेका छन्, ‘संविधानअनुसार राष्ट्रपतिले मलाई जबरजस्ती हटाउन सक्दैनन् ।’

सन् १९३५ को अमेरिकी सर्वोच्च अदालतको फैसलाअनुसार स्वतन्त्र संघीय निकायका पदाधिकारीहरूलाई ‘उचित कारण’ बिना पदबाट हटाउन सकिँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *