`

इरान मिसनबाट फर्किएका इजरायली विमानले गाजामा बम खसालेको खुलासा

Nepal One HD २० असार २०८२ ११:२९
विश्व

तेलअविव । इरानविरुद्धको मिसनबाट फर्किएका इजरायली युद्धविमानहरूले बाँकी रहेका बम र क्षेप्यास्त्रहरू गाजामाथि खसालेको खुलासा भएको छ ।

बेलायती पत्रिका द टेलिग्राफले सार्वजनिक गरेको रिपोर्टअनुसार, इजरायली वायुसेनाका पाइलटहरूले इरान आक्रमणपछि बाँकी हतियारहरू गाजामै प्रयोग गरेका हुन् ।

सैन्य स्रोतहरूका अनुसार, अभियानको प्रारम्भिक घण्टादेखि नै पाइलटहरूले हमासमाथि बाँकी हतियार प्रयोग गर्ने प्रस्ताव गरेका थिए, जसलाई इजरायली रक्षा बलका स्थल कमाण्डरहरूले अनुमोदन गरेका थिए ।

इरानविरुद्धको १२ दिने ‘अपरेसन राइजिङ लायन’ को दौरान इजरायली सेनाले गाजामाथि आक्रमण पनि निरन्तर जारी राख्न सफल भयो । आइडीएफका अधिकारीहरूले बताएका अनुसार, प्रारम्भमा आकस्मिक रूपमा सुरु गरिएको यो रणनीति पछि व्यवस्थित र लक्षित रूपमा सञ्चालन गरिएको थियो ।

जुन १४ देखि २४ सम्मको अवधिमा गाजामा भइरहेको आक्रमण निकै घातक रह्यो । हमासका आधारहरू निशाना बनाइएको भनिए पनि आमनागरिकको ठूलो क्षति भएको छ ।

जुन १८ मा माघाजी शरणार्थी शिविरमा इजरायली आक्रमणबाट एक महिला र उनका बच्चासहित १० जनाको मृत्यु भएको थियो ।

सोही दिन, खान युनिसस्थित अल–अत्तार क्षेत्रमा गरिएको आक्रमणमा ५ जना मारिएका थिए । स्रोतहरूका अनुसार, इजरायली वायुसेनाका प्रमुख मेजर जनरल टोमर बारले बाँकी हतियार गाजामा खसाल्ने रणनीति औपचारिक रूपमा लागू गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *