`

पार्टी अध्यक्ष र पूर्वराष्ट्रपतिबीच अन्तरविरोध बढ्यो भन्ने कुरामा सत्यता छैनः एमाले सचिव महासेठ

Nepal One HD २२ असार २०८२ १०:५६
प्रमुख खबर

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टीका केही नेताहरुले अन्तरविरोध बढाएर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विवादमा ल्याएको बताएका छन् ।

आइतबार जनकपुरधाममा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासेठले पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने काम राम्रो नभएको बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरे । उनले उहाँ सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने बताए ।

उनले भने, ‘पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीकाबीचमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन् भन्ने कुरामा कुनै पनि सत्यता छैन । हाम्रा पार्टीका केही, एक–दुई जना साथीहरुले जुन अन्तरविरोध बढाउने काम गरिरहनु भएको छ, त्यो राम्रो होइन ।’

उनले संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिहरुलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले विद्या भण्डारी पनि राजनीतिमा फर्किन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *