`

शिक्षा विधेयकमा सहमति जुटाउन थप पाँच दिनको समय

Nepal One HD २२ असार २०८२ १७:३१
प्रमुख खबर

काठमाडौं । संसदको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।

समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् । समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाउन सरकारलाई अबको ६ दिनपछि बैठक बस्ने गरि पाँच दिनको समय दिएको बताए ।

उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्यो । आएर सिधैं पेपर पठाउनु भएन । अनि म प्रस्तावको रुपमा यहाँ पेस गर्छु । त्यसकारण मंैले पाँच दिनको समय छुट्याएको हुँ । सरकारलाई विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौं ।’

आइतबारको बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए ।

सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरेपनि सभापति थापाले मानेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *