`

न्यायपालिकाको काम कारबाहीबारे समीक्षा गरौंः सिटौला

Nepal One HD २२ असार २०८२ १८:०७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सटौलाले न्यायपालिकाको काम कारबाहीबारे समीक्षा गर्ने बेला आएको बताएका छन् । आइतबार पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले केही दिनअघि आएको फैलाप्रति इंगित गर्दै न्यायपालिकाको कामकाबारेमा समीक्षा गर्नुपर्ने बताएका हुन् ।

केहिदिन अघि सर्वोच्च अदालतको संवैधानिक इजालसले संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी फैसला गरेको थियो । जुन फैसला बहुमतका आधारमा भएको थियो ।

सिटौलाले भने, ‘संवैधानिक निकायमा ५२ जनाको नियुक्तिबारे चार वर्षअघि मुद्दा दर्ता थियो । अहिले आएर यो मुद्दामा फैसला भएको छ । प्रधानन्यायाधीशसमेत अल्पमतमा पर्ने गरि आएको यो फैसलाको समीक्षा हुनुपर्छ । प्रधानन्यायाधीशकै नेतृत्वमा न्याय निरूपण हुने कुरा संविधानमा लेखिएको छ। तर यति गम्भीर मुद्दामा न्यायाधीशबीच नै बहुमत र अल्पमतका कुरा बाहिरिएका छन् ।’

उनले निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइन/लाइन हेर्ने काम नहुनु ठूलो लापरबाही भएको बताए । उनले यसबाट कर्मचारीलाई विश्वास गर्ने आधार नभएको बताए ।

उनले भने, ‘कर्मचारीमाथि अत्यन्त ठूलो ट्रस्ट भएको छ । अब त्यति बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौँ भने उनीहरूमाथि विश्वास गर्ने आधारचाहिँ के त अब ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *