`

सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा

Nepal One HD २२ असार २०८२ १८:५८
प्रमुख खबर

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् । गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् ।

गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरमा आइतबार काठमाडौँमा आयोजित समारोहमा सभामुख घिमिरेले संस्थाले आर्थिक विकाससँगै प्रतिभाको क्षमता वृद्धिमा भूमिका निर्वाह गरेको बताए ।
छिन्नलताको १०३ औँ जन्मजयन्ती तथा ४३ औँ ‘छिन्नलता गीत पुरस्कार समर्पण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समाजमा लुकेर बसेका प्रतिभालाई खोजेर सम्मान गर्ने कामको प्रशंसा गरेका हुन् ।

गुठीले यसअघि नै २०८१ को छिन्नलता पुरस्कार गायक रामभक्त जोजिजु र गायिका इतु जोजिजुलाइ प्रदान गर्ने निर्णय गरेको थियो ।
छिन्नलता गीत पुरस्कार भने गीत रचनातर्फ राजेन्द्र रिजाल ,सङ्गीततर्फ आभास (अच्युत फुयाल ) त्यसैगरि युवा प्रतिभा पुरस्कार एसडि योगीलाइ २०८१ सालको लोकप्रिय गीत ’रुकुममै कोट’को स्वरका र सङ्गीतको लागि प्रदान गर्ने निर्णय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *