यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय होः पूर्वराजा शाह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । सोमबार ७९ औं जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा पत्रकारहरुसगँ कुरा गर्दै पूर्वराजा शाहले नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताएका हुन् ।
उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन । नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं ।’
उनले अहिलेको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए । उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै दिदीबहिनी दाजुभाइहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’
उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी र सर्वसाधारण निर्मल निवास पुगेका थिए ।