`

उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई प्रधानमन्त्रीद्धारा धन्यवाद

Nepal One HD २३ असार २०८२ १८:५५
प्रमुख खबर

काठमाडौँ, २३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरियातमा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताउनुभएको छ ।

“उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र हो, यो हारमा जितको सुगन्ध छ । यसले आगामी दिनमा सफलताको बाटो फराकिलो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर र उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर दुवै नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *