`

युद्धका कारण बन्द इरानमा बन्द रहेको रुसी राजदूतावासबाट पुनः सेवा सञ्चालन

Nepal One HD २५ असार २०८२ १६:४३
विश्व

मस्को । रुसले तेहरानस्थित आफ्नो राजदूतावास सर्वसाधारणका लागि पुनः खोलिएको जनाएको छ । इजरायलसँगको दुई सातालामो द्वन्द्वका क्रममा सुरक्षास्थितिलाई मध्यनजर गर्दै रूसले तेहरानस्थित दूतावासबाट सेवा बन्द गरेको थियो । गत जुन १५ मा इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचनाका साथै आवासीय क्षेत्रमा अकस्मात् हवाई आक्रमण चलाएपछि उक्त मिसनले कन्सुलर सेवा बन्द गरेको थियो ।

उक्त आक्रमणमा वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिकसहित एक हजारभन्दा बढी इरानीको मृत्यु भएको थियो ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नियमित पत्रकार सम्मेलनमा स्थिति ‘केही स्थिर’ भएको बताउँदै तेहरानस्थित रुसी दूतावासको कन्सुलर सेवा सामान्य अवस्थामा सञ्चालन गरिएको बताए।

यद्यपि, उनले रुसी नागरिकलाई इरानको भ्रमण गर्दा सावधानी अपनाउन र सतर्क रहन पनि आग्रह गरेका छन् । मस्कोले तेहरानलाई महत्वपूर्ण सहयोग प्रदान गर्दछ तर संयुक्त राज्य अमेरिका इजरायलको बमबारी अभियानमा सामेल भएपछि आफ्नो साझेदार इरानको द्वन्द्वमा कुनै संलग्नता भने देखाएन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *