घरजग्गा कर्जा र सेयर कर्जामा राष्ट्र बैंक लचक

अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।
त्यस्तै निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर पौडेलले घोषणा गरे ।
यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गभर्नर पौडेलले गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट