जुम्लामा भिरबाट लडेर युवकको मृत्यु

समाज

जुम्ला । भिरबाट लडेर जुम्लाको तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ ।
वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका रावतको शनिबार बिहान लडेर मृत्यु भएको हो ।
अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट