हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन :मन्त्री अधिकारी

राजनीति

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठक बाहिर पत्रकारहरुसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए ।
मन्त्रीहरु घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए । उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए ।
आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने बताएका मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने जिकिर गरे ।
संसद बाहिर सांसदहरु गणेश पराजुली, हरि ढकाल, लेखनाथ दाहाल, मनिष झा, महेश वर्तौलालगायतले संचारकर्मीहरुसँग आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट