`

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

Nepal One HD ३१ असार २०८२ ११:१८
समाचार

काठमाडौं । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ ।

लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।

रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ । कार एक रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *