`

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

Nepal One HD ३ साउन २०८२ १४:०५
राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।  आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए ।

प्रदेश सभामा पुग्ने व्यवस्था प्रदेशकै स्थानीय तहमार्फत बनाउने गरी आफूहरू अघि बढिरहेको जानकारी दिए। पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभा सञ्चालन गर्ने व्यवस्था गरेपछि प्रदेश र स्थानीय तहबीचको समझदारी र समन्वय अझ प्रभावकारी हुने उल्लेख गरे।

रास्वपाले संघमा २१ वटा मन्त्रालय घटाएर १५ मा सीमित गर्ने योजना अनुरूप आफ्नो नीति अघि बढाइरहेको पनि उनले बताए । विभिन्न कालखण्डमा गठन गरिएका आयोगहरू खारेज गर्ने पक्षमा समेत रास्वपा रहेको उनको भनाइ छ।

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको बताए ।

सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *