मन्त्री फेर्ने कुरा देउवाद्धारा अस्विकार, भने ‘पछि मिलाउँछु’

नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएको छ ।
सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग केही मन्त्रीहरू परिवर्तनको प्रस्ताव राखेका थिए । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।
तर ओलीको प्रस्तावप्रति देउवाले असहमति जनाएका हुन् । उनले भने, ‘तपाईंले आफ्ना पार्टीका परिवर्तन गर्ने भए गर्नुस्, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नन् ।’ उनले आफू प्रधानमन्त्री बन्ने वेलामा मात्रै मन्त्री परिवर्तन गर्ने बताएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट