`

सरकारले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको रास्वपाको आरोप

Nepal One HD ९ साउन २०८२ १३:५०
रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरण जस्तो जगन्य अपराधलाई डिसमिस गर्न सरकार लागिपरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विनीता कठायतले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको सरकारले मानव तस्करीलाई पनि मौलिन दिएको आरोप लगाइन्।

साथै भिजिट भिसा प्रकरणको टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजेको उनको आरोप छ ।

उनले भनिन्, हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ। यो अन्तर्राष्ट्रिय अपराधमा अब राष्ट्रसङ्घ मात्रै होइन मित्र राष्ट्रको पनि चासो बढेको छ। छिमेकी भारतकै मिडियामा समेत यो विषयले प्रवेश पाइसकेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *