`

देश र जनताको सेवाका लागि पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँ : भण्डारी

Nepal One HD ९ साउन २०८२ १६:०५
प्रमुख खबर

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश र जनताको सेवाका लागि विधिपूर्वक नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको बताएकी छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरैआफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन्।

उनले भनिन्, ‘मेरो बाकीँ जिवन पार्टीमा लागेर देश र जनताको सेवामा समर्पित गर्न मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो। नेकपा एमालेमा आवद्ध भएर अघि बढ्नु नै थियो यसैलाई मध्यनजर गर्दै मैले मदन भण्डारीको ७४ औं जन्यन्तीको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरे भनेर एमालेमा आवद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेको थिएँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *