`

दिक्तेलका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

Nepal One HD ११ साउन २०८२ ११:२७
प्रमुख खबर

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंकाे माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् ।

सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गरी अनसन बस्न पुगेका उनलाई प्रहरीले निषेधित क्षेत्र भन्दै नियन्त्रण लिएर माइतीघरमा लगेर छाडिदिएपछि उनले त्यहीँ सत्याग्रह सुरु गरेका हुन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएको भन्दै पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै  सात बुँदे मागसहित उनी सत्याग्रहमा बसेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *