११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ समाचार

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक तोला सुनको कारोबार १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट