द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ७० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।
२४ घण्टे युद्धविराम गर्न थाइल्याण्ड र कम्बोडिया तयार


काठमाडौं। विगत पाँच दिनदेखि संघर्षरत थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न तयार भएका छन् । मलेशियामा आयोजित शान्ति वार्तापछि दुबै मुलुक युद्ध विरामका लागि सहमत भएको मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले जानकारी दिएका छन् ।
आगामी मध्यरातदेखि दुबै मुलुकले २४ घण्टे युद्ध विरामका लागि सहमति जनाएको इब्राहिमले जनाए । मलेशियामा आयोजित शान्ति वार्तामा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता भएको हो ।
गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।