रास्वपा संसदीय दलको बैठक भैरहवामा जारी

राजनीति

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए ।
सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि नेताहरु दलको बैठकमा बसेका हुन् । संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ ।
भेटघाटका क्रममा लामिछानेले पार्टीले चलाएको हस्ताक्षर अभियानमा उत्साहजनक बनेको भन्दै खुसी व्यक्त गरेका थिए । यसलाई थप जनमानसमा पुर्याउन र आफूमाथि भएको राजनीतिक प्रतिशोधबारे जनतालाई घरघरमा गएर बुझाउन नेताहरूलाई आग्रह गरे ।
यस्तै, रास्वपाका सांसदहरूलाई लामिछानेले ‘नेताको दम्भ नदेखाउन र भुईंमान्छे बनेर जनताको कुरा सुन्न अनि मद्दत गर्न’ सुझाव दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट